छैठौं राष्ट्रिय महाधिवेशन २०१५ – यहि अगस्त १६ गते आइतबार

मगर संघ अमेरिकाको सम्पूर्ण आ-जीवन सदस्य, सदस्य लगायत अमेरिका बासि मगर बन्धुहरु,
झोर्लाङ, मिझोर, जिलौ अनि नमस्कार |

छैटौ महाधिबेशन कार्यक्रम स्थान माउन्ट एभेरेस्ट रेस्टुरेन्ट मा सारिएको बारे |

यहि आईतबार, अगस्त १६, २०१५ को दिन मेरिलैंड, बाल्टिमोर शहरको “माउन्ट एभेरेस्ट रेस्टुरेन्ट” (कार्यक्रम स्थान परिवर्तन भएको) मा बिहानको १०:३० बजे देखि मगर संघ अमेरिका को छैटौ महाधिबेशन हुन गइ रहेको यहाहरुलाई पु:न जानकारी गराउदछौ |

संस्थालाई बृहत रुपमा अघाडी बढाउन यहाहरुको उपस्थिति अत्यन्तै महत्व पूर्ण रहने भएकोले महाधिबेशनमा उपस्थित भई संस्थागत बिकास तथा सम्पूर्ण मगरहरुको हितमा संस्थालाई अगाडी बढाउन बिधि-बिधान लगायत आगामी कार्य योजनामा समेत बृहत छलफल हुने भएकोले तपाईको उपस्थितिले सस्थालाई अझ नयाँ उचाईमा पुर्याउने कुरा यहाँहरुमा जाहेर गर्दै यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ |

कार्यक्रम: छैटौ राष्ट्रिय महाधिबेशन २०१५
मिति : आईतबार, अगस्त १६, २०१५
समय : बिहानको १०:३० बजे देखि
स्थान : माउन्ट एभेरेस्ट रेस्टुरेन्ट
७९२७ बेलायर रोड, बाल्टिमोर २१२३६, मेरिलैंड

धन्यबाद,
मगर सघ अमेरिका

Leave a Comment

Your email address will not be published. Required fields are marked *