Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  About UsAnnouncementsNewsNews And EventsPress Releases   »   मगर संघ अमेरिकाको छैटौ राष्ट्रिय महाधिबेशन २०१५ सम्पन्न | मगर संघ अमेरिकाको छैटौ राष्ट्रिय महाधिबेशन २०१५ सम्पन्न |

मगर संघ अमेरिकाको छैटौ राष्ट्रिय महाधिबेशन २०१५ सम्पन्न | मगर संघ अमेरिकाको छैटौ राष्ट्रिय महाधिबेशन २०१५ सम्पन्न |

न्यूयोर्क, अगष्ट १६, २०१५:
अमेरिकामा बसोबास गरिरहनु भएका सम्पूर्ण मगर बन्धुहरु,
झोर्ले, मिझोर, जिलौ अनि अभिबादन !

magarusa-new-committee-elected-2015-007
संयुक्त राज्य अमेरिका भरि छरिएर बसोबास गरिरहेका मगरहरू बिच एक आपसमा समन्वय र सदभाव कायम राख्दै सुख-दु:खमा सर-सहयोग आदान प्रदान अभिब्रिद्धी गरि भाषा, संस्कृति र रिति-रिवाजको संरक्षण सम्बर्दन तथा मगरहरूको सामाजिक, सांस्कृतिक र शैक्षिक बिकासको लागी पहल गर्न मार्च -२८ , २००४ मा अमेरिकाको न्युयोर्क शहरमा स्थापना भएको सस्था “मगर संघ अमेरिका” (तत्कालिन लाङघाली परिवार यु. एस. ए.) को छैटौ राष्ट्रिय महाधिबेशन, मेरिलैंड राज्यको बाल्टिमोर शहरमा यहि आईतबार, अगष्ट १६, २०१५ का दिन भब्य रुपमा सम्पन्न भयो । उक्त अधिवेसनमा संस्थाको बिधान संसोधन गरि संसोधित बिधान अनुसार न्युजर्सीको श्री रुद्र आले मगरको अध्यक्षतामा मगर संघ अमेरिकाको २०१५ देखि २०१७ का लागी निम्न कार्यकारी समिति सर्ब सहमतिमा चयन गरियो ।चार जना उपाध्यक्षहरु बाट बरिष्ठ उपाध्यक्षको मनोनयन, बाकी कार्यसामितिका सदस्यहरु, सम्पूर्ण राज्यप्रतिनिधिहरु साथै बीभिन्न बिभागका साम्योजक तथा सदस्य र संस्थाको सल्लाहकारहरु यस नयाँ कार्य समितीले एक कहिना छलफल गरि मनोनयन गरेर कार्यसमितिलाई पूर्णता दिलाउने छ |
magarusa-new-committee-elected-2015-002

नयाँ कार्यसमिति २०१५-२०१७:
अध्यक्ष : रुद्र आले मगर
उपाध्यक्ष : बखन थापा मगर
उपाध्यक्ष : लक्ष्मी राना मगर
उपाध्यक्ष : आशा पुन मगर
उपाध्यक्ष : कुमार खाम्चा मगर
महासचिब : मान बहादुर रानामगर
सह-सचिब : नरेन्द्र थापा मगर
सह-सचिब : दिपक राना मगर
कोषाध्यक्ष : अनिता थापा मगर
सह-कोषाध्यक्ष : प्रविन रानामगर
सह-कोषाध्यक्ष : रुकु राना मगर
सदस्यहरु:
: अम्बर रजान मगर
: बिष्णु रानामगर
: केशब थापा मगर
: कुलदिप राना मगर

बिधान संसोधन:
महाधिबेशनले मगर संघ अमेरिकाको अक्टोबर २४,२०१० मा पारित विधानमा तल उल्लेखित थप तथा संसोधन गरि सोहि अनुसार कार्यसमति सर्ब सहमतिमा चयन गरेको थियो |
१) मगर संघ अमेरिकाको विधानको धारा ७ को उपधारा क. कार्यसमिति :बिधानमा भएको दोस्रो उपाध्यक्ष २, सह-सचिब १, सह-कोषाध्यक्ष १ सर्बसहमतिमा थप गरि संसोधन पारित गरियो |
२) मगर संघ अमेरिकाको शाखा, उपशाखा (च्याप्टर) गठन तथा संचालन अबधारणा बिधानमा थप गर्न नयाँ कार्यसमितिले छ महिना भित्र बिधान संसोधन समिति गठन गरि बिधान संसोधन प्रस्ताब पेश गरेर एक बर्ष भित्रमा वार्षिक साधारण सभा मार्फत कम्तिमा साधारण सभाको बहुमत उपस्थितिले पारित गरि च्याप्टर गठन प्रकिया सुरु गर्ने निर्णय महाधिबेशन बाट सर्बसहमतिमा गरियो |

निर्वाचित कार्यसमितिले एक महिना भित्र गर्नु पर्ने कार्यहरु:
१) चार जना उपाध्यक्षहरुबाट एक जनालाई प्रथम उपाध्यक्ष अथवा बरिष्ठ उपाध्यक्ष मनोनयन |
२) आवश्यक सल्लाहकारहरुको मनोनयन |
३) बिधानत थप ६ (छ) जना कार्यसमिति सदस्यको मनोनयन |
४) आवश्यक राज्य प्रतिनिधिहरुको मनोनयन |
५) आवश्यक बिभागहरुको गठन |
६) आवश्यक परेमा कार्यसमितिको आचार संहिता |

महाधिबेशनमा कोषाध्यक्ष श्री राजकुमार पुन मगरले कार्यसमितिको सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो भने महासचिब मान बहादुर रानामगरले संस्थाको चुनौती र आवस्यकता सहितको कार्यप्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो | महासचिब र कोषाध्यक्षले प्रतुत गरेको आर्थिक विवरण र कार्यप्रगति प्रतिबेदन तालि बजाएर सहभागीहरु द्वारा पारित गरिएको थियो |

यसरी समग्र रुपमा सौहार्दपुर्ण बाताबरणमा मगर संघ अमेरिकाको छैटौ राष्ट्रिय महाधिबेशन भब्य रुपमा सम्पन्न भयो |

मान बहादुर राना मगर
महासचिब

magarusa-new-committee-elected-2015-001
magarusa-new-committee-elected-2015-006
magarusa-new-committee-elected-2015-005
magarusa-new-committee-elected-2015-003
magarusa-new-committee-elected-2015-004

अधिबेशन हुनु अगाडी निर्वाचन कमिटिले पठाएको नोटिस:
Election committee notice