Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  News And EventsPress Releases   »   मगर संघ अमेरिकाको प्रेष-बिज्ञप्ति! मगर संघ अमेरिकाको प्रेष-बिज्ञप्ति!

मगर संघ अमेरिकाको प्रेष-बिज्ञप्ति! मगर संघ अमेरिकाको प्रेष-बिज्ञप्ति!

मगर संघ अमेरिकाको प्रेष-बिज्ञप्ति:

नेपालमा लामो समय देखि एकल भाषा, एकल हिन्दु सस्कृति र एकल खस-आर्य जातिय एकीकृत राज्य प्रणाली देखि भाषिक, सास्कृतिक, धार्मिक तथा राजनीतिक अधिकारहरु सड्यन्त्र मुलक ढंगले पछि पारिएका सम्पूर्ण सिमान्तकृत समुदायहरु दलित, मधेशी, मुश्लिम, महिला, आदिवासी जनजाति लगायत अल्प शंख्यक समुदायको अधिकार, संबिधान सभा -२ बाट प्रस्ताब गरिएको ६ प्रदेशमा सुनिश्चित हुन नसक्ने र त्येसमा पनि आदिवासी जनजातिहरु मध्ये जनसंख्याको आधारमा सबै भन्दा बढी जनसंख्या सरकारी तथ्यांक अनुसार ७.१६% भएको मगर समुदाय र मगराँत भूमिलाई तिन भागमा विभाजन गरि फुटाउ र शासन गरको षड्यन्त्रमुलक शैलीमा भूगोलको आधार बनाई विभाजन गरिएको प्रति विश्वभरिका मगरहरुको घोर आप्पति छ |

बिगतमा भएको १० वर्षे जन-युध्द, २०६२/६३ मा भएको बिशाल जन-आन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति आन्दोलनले स्थापित गरेको संघियताको मर्म भूगोलको आधारमा नभई जनताहरुको भाषिक, सास्कृतिक तथा ईतिहासीक सघनताको आधारमा भएको र संघियता जनताको सहजताको लागि स्थापित भएको तर षड्यन्त्रकारी र बिखण्डनकारीहरुले अखण्डको नाममा जनताको भावना बिपरित प्रस्तावित ६ प्रदेशको बिरुद्धमा गर्न लागेको बिरोध प्रदर्शन कार्यक्रम प्रति मगर संघ अमेरिका एक्यबध्दता ब्यक्त गर्दछ |

सम्पूर्ण सिमान्तकृत र पिछडिएका बर्गहरुको भाषिक, सास्कृतिक, शैक्षिक, आर्थिक तथा राजनीतिक अधिकार जनताहरुबाट गरिने आन्दोलनबाट मात्र सुनिस्चित हुने हुदा सम्पूर्ण सिमान्तकृत, पिछदिएका वर्ग र पहिचान सहितका संघियता प्रेमी बुध्दिजीबी, राजनीतिज्ञ, ब्यबसायी, युवावर्ग, सचेत बिधार्थी, महिला तथा आमसमुदायमा बिरोध सभामा सहभागी भई पहिचान सहितको संघियता स्थापना गर्ने कार्यमा अग्रशर भई दिनु हुन मगर संघ अमेरिका हार्दिक आव्हान गर्दछौ |

_______________
मान बहादुर रानामगर
महासचिब
बुधबार, अगष्ट १९, २०१५