Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  AnnouncementsNewsNews And EventsPress Releases   »   “माघे संक्रान्ति २०१६” कार्यक्रमको पूर्ण सफलताको लागि मगर संघ अमेरिका हार्दिक शुभकामना ! “माघे संक्रान्ति २०१६” कार्यक्रमको पूर्ण सफलताको लागि मगर संघ अमेरिका हार्दिक शुभकामना !

“माघे संक्रान्ति २०१६” कार्यक्रमको पूर्ण सफलताको लागि मगर संघ अमेरिका हार्दिक शुभकामना ! “माघे संक्रान्ति २०१६” कार्यक्रमको पूर्ण सफलताको लागि मगर संघ अमेरिका हार्दिक शुभकामना !

शनिवार, जनवरी १६, २०१६
शुभकामना !

अमेरिकाको सानफ्रान्सिस्को शहरमा पहिलो पटक औपचारिक रुपमै “माघे संक्रान्ति” कार्यक्रम आयोजना गर्न लाग्नु भएको समाचारले हामी हर्षित भएका छौ | हामी विश्वभरीनै छरिएर बसोबास गरिरहेका मगरहरुले सगर्व राष्ट्रिय चाडको रुपमा मनाउने नेपाली राष्ट्रिय चाड/पर्ब “मांघे-संक्रान्ति २०१६” को अवसरमा सम्पूर्ण सानफ्रान्सिस्को बासी मगर बन्धुहरु र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य, शान्ति र दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना |

मगर संघ अमेरिकाले बिगत लामो समय देखि आयोजना गर्दै आएको बिशेष कार्यक्रमहरु मध्ये माघे संक्रान्ति पनि एक हो | यस बर्ष “माघे संक्रान्ति २०१६” लाई अझ बृहत र बिशेष रुपमा आयोजना गर्दै लैजाने उदेश्यका साथ् अमेरिकाको न्युयोर्क, बाल्टिमोर र लस् एन्जलस शहरहरुमा समेत कार्यक्रम आयोजना भई रहेको जानकारी गराउदै तपाईहरुले सानफ्रान्सिस्कोमा आयोजना गर्नु भएको यस “माघे संक्रान्ति २०१६” कार्यक्रममा “मगर संघ अमेरिका” को बरिष्ठ उपाध्यक्ष श्री बखन थापामगर, सल्लाहकार तथा पूर्व महासचिब श्री टिका कुमार पुनमगर, बोर्ड सदस्य सुश्री नुतन थापामगर र क्यालिफोर्निया राज्य प्रतिनिधि श्री अविन (भिम) थापामगर ज्युहरुको सहभागिता रहने औपचारिक जानकारी गराउदै यहाँहरु द्वारा आयोजित “माघे संक्रान्ति २०१६” कार्यक्रमको पूर्ण सफलताको लागि मगर संघ अमेरिका हार्दिक शुभकामना व्यक्त गर्दछ |
_______________
मान बहादुर रानामगर
महासचिब

maghe_sakranti_2016_shubhakamana_1024