Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  EventsNewsNews And Events   »   संसारको अगाडी एउटा ईतिहास “नेपाल डे परेड २०१६” र मगर संघ अमेरिकाको सम्मानजनक सहभागिता ! संसारको अगाडी एउटा ईतिहास “नेपाल डे परेड २०१६” र मगर संघ अमेरिकाको सम्मानजनक सहभागिता !

संसारको अगाडी एउटा ईतिहास “नेपाल डे परेड २०१६” र मगर संघ अमेरिकाको सम्मानजनक सहभागिता ! संसारको अगाडी एउटा ईतिहास “नेपाल डे परेड २०१६” र मगर संघ अमेरिकाको सम्मानजनक सहभागिता !

मगर संघ अमेरिका
न्युयोर्क, मे २३

“नेपाल डे परेड २०१६” को मुख्य आयोजक “नेपाल आदिवासी जनजाति महासंघ अमेरिका” र सम्पूर्ण सह-आयोजक संघ संस्था तथा सहयोगीहरुलाई कार्यक्रम सफल भएकोमा हार्दिक बधाई |

ईतिहास एउटा काल/युगमा एक पटक लेखिन्छ | जुन विश्वको राजधानी भनेर चिनिएको न्युयोर्क शहरमा नेपालीहरुले आ-आफ्नो भेष, भाषा र सस्कृति अनुसारको झाँकी सहित हिजो मे २२, २०१६ मा नेपाल डे परेड हजारौ उपस्थितिमा भव्यरुपमा सम्पन्न गरेर ईतिहास रचेको छ |

यो सुनौलो ईतिहास लेख्ने क्रममा, यो काल/युगका हाम्रो पुस्ता (अमेरिकी नेपाली पहिलो पुस्ता) यस पटक मगर संघ अमेरिकाले पनि आफ्नो सास्कृतिक सहभागिता जनाएर ईतिहासको सांछी बन्ने र एउटा ईटा थप्ने काम गर्यो |

आफ्नै भेष, भाषा, लिपि र परम्परागत संस्कृति भएको मगरहरु नेपालमा जन-संख्याको आधारमा तेस्रो ठुलो र सम्पूर्ण आदिवासी जाजातिहरु मध्येको सबै भन्दा ठुलो समुदाय हो | जसको मगरढुड , मगर खाम र मगर काईके गरेर तिन वटा भाषा छन् |

यसरी ईतिहास लेख्न सहभागी बन्ने क्रममा मगर संघ अमेरिकालाई साउण्ड सिस्टम सौजन्य गर्नु हुने श्री बिष्णु रानामगर तथा परिवार, चर्चित दोहोरी गायिका श्री शिर्जना बिरही थापा र लोक दोहोरी गायक श्री कुमार थापा मगर लगायत न्युजर्सी, बाल्टिमोर, पेन्सिलभेनिया, कनेक्टिकट लगायत टाढाबाट सहभागी हुनु भएका र स्थानीय अथाबा न्युयोर्क बासि सम्पूर्ण सहभागी मगरबन्धुहरुमा हार्दिक धन्यबाद सहित यस “नेपाल डे परेड २०१६” को मुख्य आयोजक “नेपाल आदिवासी जनजाति महासंघ अमेरिका” र सम्पूर्ण सह-आयोजक संघ संस्था तथा सहयोगीहरुलाई कार्यक्रम सफल भएकोमा हार्दिक बधाई |
मगर संघ अमेरिका परिवार !
नेपाल डे परेड २०१६ को केही झलकहरु:


magarusa-at-nepal-day-parade-2016-new-york-001magarusa-at-nepal-day-parade-2016-new-york-022magarusa-at-nepal-day-parade-2016-new-york-021magarusa-at-nepal-day-parade-2016-new-york-020magarusa-at-nepal-day-parade-2016-new-york-019magarusa-at-nepal-day-parade-2016-new-york-018magarusa-at-nepal-day-parade-2016-new-york-017magarusa-at-nepal-day-parade-2016-new-york-016magarusa-at-nepal-day-parade-2016-new-york-015magarusa-at-nepal-day-parade-2016-new-york-014magarusa-at-nepal-day-parade-2016-new-york-013magarusa-at-nepal-day-parade-2016-new-york-012magarusa-at-nepal-day-parade-2016-new-york-011magarusa-at-nepal-day-parade-2016-new-york-010magarusa-at-nepal-day-parade-2016-new-york-009magarusa-at-nepal-day-parade-2016-new-york-008magarusa-at-nepal-day-parade-2016-new-york-007magarusa-at-nepal-day-parade-2016-new-york-006magarusa-at-nepal-day-parade-2016-new-york-005magarusa-at-nepal-day-parade-2016-new-york-004magarusa-at-nepal-day-parade-2016-new-york-003magarusa-at-nepal-day-parade-2016-new-york-002

Loading…