Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  About UsNewsPhoto NewsProjects in USA   »   मगर संघ अमेरिकाको न्युयोर्क च्याप्टर गठन (फोटो फिचर सहित)! मगर संघ अमेरिकाको न्युयोर्क च्याप्टर गठन (फोटो फिचर सहित)!

मगर संघ अमेरिकाको न्युयोर्क च्याप्टर गठन (फोटो फिचर सहित)! मगर संघ अमेरिकाको न्युयोर्क च्याप्टर गठन (फोटो फिचर सहित)!

न्यु योर्क, डिसेम्बर ११

मगर संघ अमेरिका न्युयोर्क च्याप्टर नया कार्यसमिति ,सुमन पुन मगर को अध्यक्षतामा एघार सदस्य समिति आइतबार न्युयोर्क स्थित आदिबासी जनजाति महासंघ अमेरिका को हलमा गठन भएको छ ।

उक्त समितिमा अध्यक्ष सुमन पुन मगर, उपाध्यक्ष यम पुन मगर, सचीव दिपेश वराकोटी मगर, सह-सचीव दिल प्रसाद थापा मगर, कोषाध्यक्ष धना थापा मगर , सह कोषाध्यक्ष हेम पुन मगर, सदस्य विस्नु राना मगर, रोशन थापा मगर, रण बुढा मगर चयन भएको छ भने अन्य तीन सदस्य को मनोनयन आगामी बैठक मा गरिने निर्णय भयेको छ ।

मगर संघ अमेरिका केन्द्रिय समितीको संयोजनमा गरिएको समिति गठन कार्यक्रम मा केन्द्रीय समितिका महासचिव मान बहादुर राना मगर, सदस्य कुलदिप राना मगर, नेपाली कलाकार संघ अमेरिका का अध्यक्ष सुमन बुढा मगरको उपस्तिथि मा भयेको थियो । बैठक मा मगर संघ अमेरिका च्याप्टर ले आउदै गरेको मगर समुदाय को महान चाड माघे सक्रान्ती भब्य रुप मा सफल बनाउन संयोजन गरिने निर्णय भयेको थियो । बैठक मा न्युयोर्क मा रहेको मगर समुदाय लाई मगर भाषा सस्कृती संरक्षण गर्न एककृत गर्ने नवनियुक्त अध्यक्ष सुमन पुन मगर ले बताए । बैठक को संचालक केन्द्रिय सह सचीव नरेन्द्र थापा मगर ले गरेका थिए ।





Loading…