Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  CommunityCondolencesNewsPersonalitiesPhoto News   »   न्यूयोर्कमा स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न ! न्यूयोर्कमा स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न !

न्यूयोर्कमा स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न ! न्यूयोर्कमा स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न !

न्यूयोर्क, २०१६ सेप्टेम्बर ५

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिफ्ना) र मगर संघ अमेरिका को संयुक्त आयोजनामा मिति २०१६ सेप्टेम्बर ५ सोमबारको दिन पुर्बमंत्री तथा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्वअध्यक्ष स्व. गोरे बहादुर खपांगीमगरको सम्झनामा श्रदान्जली सभा सम्पन्न भएको छ | महासंघका महासचिव प्रेम गुरुङ को संचालन, नियोर्क मा क्रियाशील संघसस्थाका नेतृत्व तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न सो श्रदान्जली सभा मा महासंघका अध्यक्ष लुइसाङ्ग वाइबा, मगर संघ अमेरिका का महासचिव मान राना मगर, तामांग समाज अमेरिका का पूर्वअध्यक्ष भारत लामा, र नियोर्क समाचारका प्रधान सम्पादक गोकुल श्रेष्ठले नेपाली आदिवासी जनजाती आन्दोलनका विचारक, प्रचारक तथा धरोहर स्व. गोरे बहादुर खपांगीमगरको उच्च सम्मानका साथ उहाको व्यक्तित्व र योगदान को बारेमा चर्चा गर्नु भएको थियो |

एक मिनेट मौन धारण बाट सुरु गरिएको सो श्रदान्जली कार्यक्रम मा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुले खादा तथा पुष्पगुच्छा अर्पण गरि श्रदान्जली ब्यक्त गरिएको थियो | नेपाली आदिवासी जनजाती आन्दोलनमा स्व. गोरे बहादुर खपांगीमगरको योगदान एतिहासिक, निर्णायक भएको तथा उहाको योगदान ले गर्दा नै सो आन्दोलन ले यो उचाई प्राप्त गर्न सफल भएको भन्ने कुरा सबै बक्ताहरु ले राख्नुभएको थियो |
gbkhapangi-shraddhanjali-ny-usa-002
gbkhapangi-shraddhanjali-ny-usa-003
gbkhapangi-shraddhanjali-ny-usa-004
gbkhapangi-shraddhanjali-ny-usa-005

Loading…