Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  By Laws (Nepali) (Outdated) By Laws (Nepali) (Outdated)

मगर संघ यु.यस.ए., Inc
(साविकमा लांघाली संघ यु.यस.ए, Inc) को
विधान
वि.सं. २०७८।०४।१६ (जुलाई ३१, २०२१) मा संशोधित)

प्रस्तावना
मगरहरु नेपालमा रहेका आदिवासीहरु मध्ये सबैभन्दा धेरै जनसंख्या भएको जनजाति मध्ये एक रहेको छ । तिनीहरुको आफ्नै अद्वितीय भाषा, जातियता तथा साँस्कृतिक सम्पदा रहेको छ । आधुनिक नेपालको प्रगति तथा विकासमा मगरहरुले महत्वपुर्ण भूमिका निभाइरहेका छन् भने गौरवशाली इतिहास रहेका तिनीहरु बपफदारिता तथा इमान्दारिताका लागि विश्वभर प्रख्यात ‘गोर्खा’ का रूपमा चिनिएका छन् ।
मिति २०६०।१२।१५ ( मार्च २८, २००४) मा नेपाली मूलका अमेरिकन मगरहरुले न्युयोर्क सहरमा साधारण सभा गरी मगर संघ यु.यस.ए, Inc (साविकमा लांघाली संघ यु.यस.ए, Inc) नामक एक मुनापफरहित सेवामूलक सामाजिक संस्था स्थापना गर्ने निर्णय गरे ।
धारा – १
संस्थाको नाम
यस संस्थाको नाम “मगर संघ यु.यस.ए., Inc”हुनेछ र यसलाई छोटकरीमा मगर यु.यस.ए. भनिनेछ । साविकमा यस संस्थाको नाम लांघाली संघ यु.यस.ए, Inc रहेको थियो ।
DBA:
मगर यु.यस.ए.का त्रिफ्याकलाप तथा उद्देश्यहरु प्रचारप्रसार गर्नको लागि यसको आधिकारिक वेबसाइट हुनेछ । यस संघको वेबसाइट पेज https://www.MagarUSA.org र इमेल ठेगाना info@magarusa.org रहेको छ । यसले अफ्नो मुखपत्र/ई—जर्नल “YANBHU” समेत प्रकाशन गर्न सक्नेछ ।
धारा – २
ठेगाना/कार्यालयहरु
दफा १ः मुख्य कार्यालय

यस संस्थालाई पत्राचार गर्ने ठेगाना/संस्थाको कार्यालय देहाय बमोजिम रहनेछ :
69-08 Woodside Ave, Woodside NY 11377
दफा २ः अन्य कार्यालय
केन्द्रीय कार्यकारी समितिले संस्थाका कार्य विस्तार गरी आवश्यकता अनुसार अन्य स्थान वा राज्यहरुमा कार्यालय वा शाखा समितिहरु खोल्न सक्नेछ ।
धारा – ३
लक्ष/उद्देश्यहरु/अधिकार/कानूनमा प्रभाव पार्ने
लक्ष :

यु.एस.ए.का मगर समुदायबीच एकता तथा आपसी जिम्मेवारीको भावनाको सिर्जना गर्ने ।
उद्देश्यहरुः
संघ मुनापफ रहित संस्था हुनेछ र यसका प्राथमिक उद्देश्यहरु निम्न रहेका छन् :
क. संयुत्तफ् राज्य अमेरिकामा बसोबास गरिरहेका मगरहरु बीच समन्वय तथा सहकार्य कायम गर्ने;
ख. सम्बन्धित क्षेत्रका संगीगकर्मी, कलाकार तथा विज्ञहरुलाई समेटेर संयुत्तफ् राज्य अमेरिकाको विभिन्न क्षेत्रहरुमा कार्यशाला, गोष्ठी, खेलकुदका त्रिफ्याकलाप तथा साँंस्कृतिक कार्यत्रफ्महरु आयोजना गरी मगरहरुको भाषा तथा साँस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने,
ग. प्राकृतिक प्रकोप तथा मानवीय विपत्तिका अवस्थाहरुमा नेपालमा रहेका मगरहरुलाई सहयोग गर्न परोपकारी योगदान गर्ने;
घ. विपन्न मगर परिवारका महिला, किशोरी तथा किशोरहरुको शिक्षा तथा दुर्गम मगर गाउँहरुका लागि स्वास्थ्य सेवाका सुविधाहरु इत्यादि पुर्याउने उपयुत्तफ् परियोजनाहरुमा आर्थिक सहयोग गर्न नेपाल तथा अन्य मुलुकहरुमा रहेका समकक्षी संस्थाहरुसँग मिलेर काम गर्ने, जस्तै “मगर संघ” अर्थात् “नेपाल मगर संघ”,
ङ. मगर यु.यस.ए. र यसका लक्ष उद्देश्यहरुलाई प्रवर्द्धन गर्न संयुत्तफ् राज्य अमेरिकामा रहेका जेहेन्दार मगर विद्यार्थीहरुको उत्कृष्ठ कार्यर्का लागि वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्न “मगर यु.यस.ए. छात्रवृत्ति अक्षयकोष”को स्थापना गर्ने,
च. संयुत्तफ् राज्य अमेरिका रहेका अन्य नेपाली संस्थाहरुसँग सौहार्द्रपूर्ण तथा बृहत् सम्बन्ध स्थापना गर्ने;
छ. बृहत् अमेरिकी समाज तथा आफ्ना सदस्यहरुलाई सूचना प्रदान गर्न वेबसाइट संचालन गर्ने;
ज. मगरहरु र तिनका परिवारलाई सहयोग गर्न मगर संघ Inc.। ले कोष, गुठी वा विभागको स्थापना गर्नेछ,
भफ्. संघका सदस्यहरुको हितका लागि स्थानीय सरकार तथा गैर नापफमुखी संघसंस्थाहरुसँग सञ्जाल कायम गर्ने,
ञ. संस्कृति प्रवर्द्धन तथा शिक्षा र रोजगारीका अन्य अवसरहरुका लागि युवामुखी कार्यत्रफ्महरु आयोजना गर्ने,
अधिकार :
यस संघलाई कानून बमोजिमका सम्पूर्ण आवश्यक, उचित वा इच्छित कार्य तथा गतिविधिहरु र यसमा उल्लेखित लक्ष्य बमोजिमका कार्यहरु गर्ने अधिकार तथा आधिकारिकता हुनेछ जो न्युयोर्क राज्यको गैर नापफमुखी संस्था सम्बन्धी ऐन अनुरुपका छन् । स्थानीय शाखाहरुले शाखाका सदस्य वा समुदायको हितका लागि स्वायत्त रुपमा स्थानीय सरकार तथा गैर नापफमुखी संस्थाहरुबीच सञ्जाल कायम गर्न सक्ने छन् ।
कानूनमा प्रभाव पार्ने :
यस संघका कुनै पनि त्रिफ्याकलापहरु प्रचारबाजी वा अन्य कुनै प्रकारले कानुनी व्यवस्थामा प्रभाव पार्ने प्रयत्नमा समर्पित हुने छैन, र संघ सार्वजनिक कार्यालयको कुनै उम्मेद्वारका तपफर््बाट वा विपक्षमा कुनै राजनीतिक अभियानमा सहभागी हुने, वा हस्तक्षेप (सो सम्बन्धी वत्तफव्यहरुको प्रकाशन वा वितरण समेत) गर्ने छैन ।
धारा – ४
सदस्यताहरु
दफा १ : सदस्यता

उनीहरु बसोबास गरिरहेको राज्यको सम्बन्धित शाखाबाट सबै व्यत्तिफ्हरु र परिवारहरु (मगरहरुलाई मात्र) लाई प्रत्येक २ वर्षमा सदस्यता उपलब्ध हुन्छ जो यसमा धारा ३ मा उल्लेखित ‘लक्ष्य/उद्देश्यहरु/ अधिकार/कानुनमा प्रभाव पार्ने’ अनुरुप संघको उद्देश्य अनुशरण गर्न तथा साथ दिन तत्पर छन् र जसले सदस्यता शुल्क भुत्तफनी गरेका छन् । सदस्यताका लागि कम्तीमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ । संघबाट कुनै तहको सल्लाह वा सुभफव प्राप्त गर्न र कुनै प्रत्यक्ष लाभ र सहयोग प्राप्त गर्न सत्रिफ्य सदस्यता आवश्यक रहन्छ ।

दफा २ : सदस्यता दुई श्रेणीका रहेका छन् :
क. साधारण सदस्यता दुई वर्षका लागि सदस्यता शुल्क भुत्तफनी गर्ने मगर(हरु)लाई प्रदान गरिन्छ । साधारण सदस्यता सम्बन्धित शाखा समितिहरुबाट वितरण गरिन्छ । सदस्यता शुल्क भुत्तफनी नगरेमा हरेक २ वर्षमा त्यस्ता सदस्यता स्वतः नवीकरण हुँदैनन् ।
ख. आजीवन सदस्यता सबै मगर व्यत्तिफ्हरुले प्राप्त गर्न सक्ने छन् । सो सदस्यता केन्द्रीय कार्यकारी समिति तथा सम्बन्धित शाखा समितिहरु मापफर््त प्रदान गरिन्छ ।
दफा ३ः
मातृ संस्थाको मातहतमा गठित सबै शाखा समितिहरुले तिनीहरुले संकलन गरेको साधारण सदस्यता शुल्कको २५% र आजीवन सदस्यता शुल्कको ५% केन्द्रीय कार्यकारी समितिलाई बुभफउनु पर्नेछ ।
दफा ४ः सदस्यताको आवेदन
आजीवन सदस्यता सहित सबै सदस्यताको आवेदन तोकिएको “सदस्यता आवेदन पफरम” भरेर सम्बन्धित शाखामा पेश गर्नु पर्नेछ तर आजीवन सदस्यताको आवदेन पफरम सिधै केन्द्रीय कार्यकारी समितिमा पेश गर्न सकिनेछ । यदि कुनै राज्यमा शाखा नभएको अवस्थामा केन्द्रीय कार्यकारी समितिले सम्पूर्ण सदस्यता पफरम जारी गर्ने तथा रकम संकलन गर्नु पर्नेछ ।
दफा ५ : सदस्यहरुको अधिकार
एक सदस्यका हैसियतले देहाय बमोजिम गर्न सक्ष्म हुनेछन् ः
क. संघ तथा यसका शाखा समितिका सबै सभाहरुमा मतदान गर्ने; मतदान सम्बन्धी विस्तृत नीति तथा नियमका लागि धारा ५, दफा ११ मा हेर्नुहोस् ।
ख. केन्द्रीय कार्यकारी समिति वा शाखा समितिहरुको अध्यक्ष वा पदाधिकारीको रूपमा मनोनित, निर्वाचित र नियुत्तफ् हुने,
ग. आपफ्ैं वा कसैका लागि निवेदन दिने,
घ. संघ र/वा यसका शाखा समितिहरुका सम्बन्धित कोषाध्यक्षहरुबाट आर्थिक प्रतिवेदनको सारांश विवरणको माग गर्ने ।
ङ. विधान, नीति र निर्देशिका बमोजिम सदस्य वा परिवारको सदस्यका हैसियतले सुविधाहरु प्राप्त गर्ने।
दफा ६ : सदस्यका दायित्वहरु
सदस्यको दायित्व देहाय बमोजिम हुनेछन्:
क. तिर्नुपर्ने कुनै सदस्यता शुल्क भुत्तफनी गर्ने,
ख. संघ तथा यसका शाखा समितिका सम्पूर्ण त्रिफ्याकलापहरुमा भाग लिने,
ग. संघ तथा यसका शाखा समितिका सबै बैठकहरुमा सहभागी हुने,
घ. संघको केन्द्रीय कार्यकारी समिति तथा यसका शाखा समितिहरुको सबै बैठकले गरेका निर्णयहरुको पालना तथा सम्मान गर्ने।
दफा ७ : राजिनामा
यस संस्थाका कुनै पनि सदस्यले आफ्नो शाखा समिति समक्ष लिखित राजिनामा पेश गरी राजिनामा दिन सक्नेछ र त्यसलाई केन्द्रीय कार्य समितिले स्वीकृत गर्नु पर्नेछ; यद्यपि राजिनामाले कुनै सदस्यले राजिनामा गरेको मितिसम्ममा तिर्नु पर्ने बाँकी वा प्राप्त मूल्यांकन तथा भुत्तफनी गर्न बाँकी रहेको रकम भुत्तफनी गर्ने दायित्वबाट उन्मुत्तिफ् पाउने छैन ।
दफा ८ : निष्कासन
केन्द्रीय कार्यकारी समितिको दुई तिहाई मतले मनासिब कारणका लागि कुनै सदस्यलाई निष्कासन गर्न सकिनेछ । भुत्तफनी गर्न बाँकी रहेको शुल्क भुत्तफन गर्न असक्षम भएको वा सदस्यताका लागि हुनु पर्ने योग्यता नभएको अवस्था निष्कासनका लागि मनासिब कारण मानिनेछ र समितिले सो सम्बन्धमा सदस्यलाई पुर्व सूचना दिन तथा छलपफ्ल गर्न आवशयक पर्ने छैन ।
धारा – ५
सदस्यता शुल्क तथा सुविधाहरु
दफा १ : सदस्यता शुल्क

प्रत्येक श्रेणीको सदस्यताको लागि सदस्यता शुल्क वार्षिक साधारण सभाले निर्धारण गरे बमोजिम हुनेछ ।
क. व्यत्तिफ्गत कि साधारण ?: $ ५०.०० (पचास डलर) प्रति दुई वर्ष निर्वाचन चत्रफ्को लागि
ख. आजीवन सदस्य : $ ५००.०० (पाँच सय डलर)
दफा २ : बाँकी शुल्क
सदस्यताको लागि आवेदन दिंदा सदस्यता शुल्क बाँकी रहेको हुन्छ ।
दफा ३ : दायित्वको उल्लङ्घन
आवेदन पेश गरेको ३० दिन भित्र बाँकी रहेको सदस्यता शुल्क भुत्तफनी गर्नु पर्नेछ । यदि कुनै सदस्यले ९० दिन भन्दा धेरै अवधिसम्म सदस्यता शुल्क भुत्तफनी नगरेमा त्यस्ता सदस्यको संघ र समितिमा निजलाई कुनै सूचना प्रदान नगरी निजको अधिकार खारेज गरिनेछ । कर्तव्यको उल्लङ्घन गरेका सदस्यहरु, जसले पछि सदस्यता शुल्क भुत्तफनी गरेमा सम्बन्धित समितिले पुनर्बहाली गर्न सक्नेछ ।
दफा ४ : शुल्क पिर्फ्ता
भुत्तफनी गरेको कुनै पनि सदस्यता शुल्क पिर्फ्ता हुने छैन ।
दफा ५ : आर्थिक वर्ष
यस संघको आर्थिक वर्ष अगष्ट १ बाट सुरु भएर अर्को वर्षको जुलाई ३१ सम्मको लागि हुनेछ । यस वर्षमा सदस्यता शुल्क भुत्तफनी गर्ने सदस्यहरुलाई मतदान गर्ने अधिकार रहन्छ । सदस्यताको मान्यता २ वर्षका लागि रहनेछ ।
दफा ६ : साधारण सदस्यताका सुविधाहरु
क. मतदान गर्न सक्ने र संघको केन्द्रीय कार्यकारी समिति र/वा शाखा समितिको निर्वाचनमा भाग लिने ।
ख. अन्य सदस्यहरुँंग सञ्जाल स्थापना गर्न सक्ने मौका ।
ग. सबै साँस्कृतिक कार्यत्रफ्म तथा गतिविधिहरुको अग्रिम सूचना प्राप्त गर्ने सक्ने ।
घ. अनलाइन मापफर््त प्रासङ्गिक सूचना प्राप्त गर्ने ।
दफा ७ : सदस्यता प्रदान गर्ने अवधि
आजीवन सदस्यता सहित साधारण सदस्यता लिन सबैका लागि वर्ष भरिनै खुल्ला रहनेछ । तर, निर्वाचन हुने वर्ष, केन्द्रीय कार्यकारी समिति र/वा शाखा समितिको निर्वाचन हुने समय भन्दा पूर्व नै नयाँ सदस्यता लिने वा नवीकरण गरिसक्नु पर्नेछ ।
दफा ८ : मताधिकार तथा योग्यता
क. मतदान गर्न योग्य हुन सदस्यको सदस्यता मान्य रहेको हुनु पर्नेछ वा केन्द्रीय कार्यकारी समिति र/वा शाखा समितिको निर्वाचन पूर्व सदस्यता नवीकरण भएको हुनु पर्नेछ ।
ख. आजीवन सदस्यहरुलाई सबै वार्षिक साधारण सभा तथा राष्ट्रिय महाधिवेशन वा विशेष महाधिवेशनहरुमा मतदान गर्ने अधिकार हुनेछ ।
ग. आफ्नो सम्बन्धित शाखा समितिका सबै सभाहरुमा मतदान गर्ने अधिकार साधारण सदस्यहरुलाई मात्र रहनेछ ।

धारा – ६
वित्तीय व्यवस्थापन
दफा १ : केन्द्र्रीय कार्यकारी समिति
क. केन्द्रीय कार्यकारी समितिका बैंक खाताहरु अध्यक्ष वा महासचिव र कोषाध्यक्ष गरी २ दुई जनाको आधिकारिक हस्ताक्षरबाट संचालन गरिने छ । कोषाध्यक्षको हस्तक्षर अनिवार्य रहन्छ ।
ख. निवर्तमान कोषाध्यक्षले निजको कार्यकाल समाप्त भएको एक महिनाभित्र वित्तीय विवरणहरु नव निर्वाचित कोषाध्यक्षलाई हस्तान्तरण गर्नु पर्नेछ ।
ग. केन्द्रीय कार्यकारी समितिले कुनै विशिष्ट प्रयोजनका लागि स्पष्ट उद्देश्यसहित कुनै कोष, गुठी वा विभागको स्थापना गर्न सक्नेछ । आवश्यकता अनुसार कोष, गुठी र विभागको आपफ््नो छुट्टै बैंक खाता तथा निर्देशिका हुनेछ ।
घ. आम्दानीः
१. दान तथा प्रकाशनहरुको वित्रफ्बीाट भएको आम्दानी
२. कार्यत्रफ्म गरेर संकलन भएको रकम
३. अन्य संघसंस्था तथा व्यत्तिफ्बाट प्राप्त अनुदान
४. साधारण सदस्यता शुल्क र केन्द्रीय कार्यकारी समितिले संकलन गरेको आजीवन सदस्यता शुल्कको १०% रकम यदि केन्द्रीय समितिले सदस्यता वितरण गरेको भएमा ।
५. शाखा समितिले संकलन गरेको साधारण सदस्यता शुल्कको २५% र आजीवन सदस्यता शुल्कको ५% रकम यदि शाखा समितिले सदस्यता वितरण गरेको भएमा ।
६. सदस्याता शुल्क बाहेक अर्थ संकलन गर्ने तथा अन्य कार्यत्रफ्म गर्दा उठेको रकममा सबै खर्च घटाई बाँकी रहेको जम्मा रकमको १०% ।
ङ केन्द्रीय कार्यकारी समितिबाट पारित निर्णय, नियम वा निर्देशका वा विधि बमोजिम कोषको उपयोग गरिनेछ ।
च. आवश्यक परेको अवस्थामा केन्द्रीय कार्यकारी समितिले शाखा समितिलाई आर्थिक सहायता प्रदान गर्नेछ ।
छ. केन्द्रीय कार्यकारी समितिले आपफ््नो वित्तीय प्रतिवेदन वार्षिक साधारण सभा तथा राष्ट्रिय महाअधिवेशन समक्ष पेश गर्नेछ ।
दफा २ : शाखा कार्यसमिति
क. शाखा समितिको आपफ््नो छुट्टै बैंक खाता हुनेछ र सो बैंक खाता अध्यक्ष वा महासचिव र कोषाध्यक्ष गरी २ जनाको आधिकारिक हस्ताक्षरबाट सञ्चालन गरिनेछ जहाँ कोषाध्यक्षको हस्ताक्षर अनिवार्य रहन्छ ।
ख. निवर्तमान कोषाध्यक्षले सम्बन्धित शाखा समितिको निर्वाचन सम्पन्न भएपछि एक महिनाभित्र वित्तीय विवरणहरु नव निर्वाचित कोषाध्यक्षलाई हस्तान्तरण गर्नु पर्नेछ ।
ग. आम्दानीः
१. आजीवन सदस्यता शुल्क, अनुदान तथा प्रकाशनहरुको वित्रफ्बीाट भएको आम्दानी ।
२. कार्यत्रफ्महरुबाट संकलित रकम ।
३. अन्य संघसंस्थाबाट प्राप्त अनुदान ।
४. शाखा समितिले संकलन गरेको साधारण सदस्यता शुल्कको ७५% र आजीवन सदस्यता शुल्कको ५% रकम ।
घ. कोषको उपयोग शाखा कार्यसमितिको निर्णय बमोजिम गरिनेछ ।
ङ. आवश्यक भएमा शाखा समितिले केन्द्रीय कार्यकारी समितिलाई आर्थिक सहायता उपलब्ध गराउनेछ ।
च. शाखा समितिले कोषको व्यवस्थापन गर्नेछ ।
छ. शाखा समितिले आपफ््नो वित्तीय प्रतिवेदन वार्षिक साधारण सभा तथा र राष्ट्रिय महाधिवेशन समक्ष पेश गर्नेछ ।
दफा ३ : केन्द्रीय कार्यकारी समिति तथा शाखा कार्य समितिहरु दुवैले (कैन्द्रीय समितिमापफर््त्) आजीवन सदस्यता शुल्कको ९०% पारित नियम, विधि वा निर्देशिका बमोजिम केन्द्रीय कार्यकारी समितिद्वारा गठित एक वा सोभन्दा बढी निर्धारित कोष, गुठी वा विभागलाई उपलब्ध गराउनेछ ।
दफा ४ : लेखा परीक्षण
मगर यु.यस.ए.को वित्तीय खाता पुस्तिकको वार्षिक रूपमा समीक्षा तथा लेखा परीक्षण दर्तावाला लेखा परीक्षकबाट गरिनेछ र सो प्रतिवेदन राष्ट्रिय महाधिवेशनका त्रफ्ममा पेश गर्नुपर्नेछ ।
क. शाखाहरुको वित्तीय खाताको समीक्षा तथा लेखा परीक्षण दर्तावाला लेखा परीक्षकबाट वार्षिक रुपमा गरिनेछ र सोको प्रतिवेदन सम्बन्धित निकाय तथा केन्द्रीय कार्यकारी समिति समक्ष पेश गर्नुपर्नेछ । र वार्षिक साधारण सभा तथा राष्ट्रिय महाधिवेशनका त्रफ्ममा सो प्रस्तुत गर्नुपर्नेछ ।
ख. कोष, गुठी तथा विभागको वित्तीय खाताहरुको समीक्षा तथा लेखा परीक्षण केन्द्रीय कार्यकारी समितिद्वारा नियुत्तफ् वा गठित लेखा परीक्षण समितिबाट गरिनेछ र कोष, गुठी तथा विभागको यस्तो वित्तीय प्रतिवेदन केन्द्रीय कार्यकारी समिति समक्ष पेश गरिनेछ ।
दफा ५ः आधिकारिक हस्ताक्षर
मगर यु.एस.ए.को बैंक खाताबाट रकम निकाल्ने प्रयोजनका लागि बैंकमा दर्ता भएका तीन जना पदाधिकारीहरुमध्ये दुई जना सदस्यको आधिकारिक हस्ताक्षरबिना केन्द्रीय कार्यकारी समिति वा शाखा समितिको कुनै चेक लेख्न वा बैंकबाट पैसा निकाल्न सकिने छैन । तीन जना आधिकारिक पदाधिकारीहरु सम्बन्धित समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष हुने छन् ।
केन्द्रीय कार्यकारी समिति, शाखा समितिका दुई जना आधिकारिक हस्ताक्षरहरुकर्ताको प्राथमिकता त्रफ्म देहाय बमोजिम हुनेछः
१. अध्यक्ष र कोषाध्यक्ष वा
२. महासचिव वा सचिव र कोषाध्यक्ष
३. कोष, गुठी वा विभागको बैंक खाता संचालन गर्न सम्बन्धित नीति, नियम तथा निर्देशिका बमोजिम दुई जना आधिकारिक हस्ताक्षरहरुकर्ताको प्राथमिकता त्रफ्म निर्धारण गर्ने अधिकार केन्द्रीय कार्यकारी समितिलाई हुनेछ ।
धारा ७
आबद्ध सदस्यता
दफा १ : आबद्ध सदस्यता
मगर समुदायसँग सम्बन्धित संघसंस्थालाई आबद्ध सदस्यता प्रदान गरिनेछ । आबद्ध सदस्यता संस्थाहरुबीच सहकार्य गर्न तथा एक अर्का समुदायको हितको कार्यमा टेवा पुर्याउन आपसी समभफ्दारीमा स्थापना गरिएको हो ।
दफा २ : समाप्ति
आबद्ध सदस्यताको समाप्ति ः आवद्ध सदस्यता बाध्यकारी रहेको छैन । यदि कुनै एक संस्थाले अर्का सँंग आबद्ध रहन नचाहेको अवस्थामा आबद्ध सदस्यता कुनै पनि समयमा खारेज हुनेछ ।
धारा ८
कार्यकारी समिति
दफा
१ : केन्द्रीय कार्यकारी समिति
यो संघ केन्द्रीय कार्यकारी समितिले संचालन गर्नेछ, जुन देहायमा उल्लेखित सदस्यहरुबाट बनेको हुनेछः
१. अध्यक्ष
२. वरिष्ठ उपाध्यक्ष
३. क्षेत्रीय उपाध्यक्ष ( पूर्वी, मध्य, पश्चिम क्षेत्र) — ३
४. उपाध्यक्ष (भाषा)
५. उपाध्यक्ष (महिला)
६. महासचिव
७. सचिव
८. कोषाध्यक्ष
९. सह कोषाध्यक्ष
१०. सदस्यहरु—८
दफा २ : राष्ट्रिय महाधिवेशनले माथि उल्लिखित बमोजिम केन्द्रीय कार्यकारी समितिका १९ जना सदस्यहरु चयन वा मनोनयन गर्नेछ जसमा सबै शाखा समितिका अध्यक्षहरु केन्द्रीय कार्यकारी समितिका पदेन सदस्य हुनेछन् ।
दफा ३ः मगर यु.एस.ए.का केन्द्रीय कार्यकारी समितिका सदस्यहरु कुनै अन्य समकक्षी संघ वा संस्थाहरुको पदमा बस्ने छैन । यदि त्यस्तो भएको जानकारी भएमा त्यस्तो पदाधिकारीले कुनै एक पदबाट राजिनामा दिनपर्नेछ ।
दफा ४ः केन्द्रीय समितिको काम/कर्तव्य
प्रथम साधारण सभाले सके सम्म सहमतिमा समिति गठन गर्ने प्रयत्न गर्नेछ तर यदि सो सम्भव नभएमा निर्वाचन प्रत्रिफ्याबाट गठन गरिनेछ । केन्द्रीय कार्यकारी समितिका जिम्मेवारीः
क. विस्तृत कार्यत्रफ्म, कार्यान्वयन तथा निरीक्षण/अनुगमन सहित कार्यकालका लागि लक्ष्य र कार्ययोजना तयार गर्ने,
ख. साधारण सभाले पारित गरेका संघका निर्देशन, भावी रणनीति तथा योजनाहरु कार्यान्वयन गर्ने,
ग. विशेष तथा वार्षिक साधारण सभा र केन्द्रीय कार्यकारी समितिद्वारा गरिएका निर्णयहरु लागू गर्ने।
घ. साधारण, वार्षिक तथा विशेष सभाहरु बोलाउने ।
ङ. कर्मचारी नियुत्तफ् गर्ने तथा तिनको सेवा सर्त निर्धारण गर्ने ।
च. सभाहरुका लागि वित्तीय तथा संस्थागत प्रतिवेदनहरु तयार गर्ने ।
छ. संघको विधान अनुसार कार्य गर्ने,
ज. संघका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्ने,
भफ्. अन्य संस्थाहरुसँग समन्वय गरी कार्य गर्ने,
ञ. संस्थाका मुख्य कार्यत्रफ्महरु संचालन गर्ने
ट. यदि आवश्यक भएमा रित्तफ् पदमा अर्को सदस्य नियुत्तफ् गर्ने,
ठ. साधारण सभाका लागि संघको विधानका संशोधनहरु तयार गर्ने,
ड. शाखा समितिहरुलाई सहयोग, निर्देश, निरीक्षण तथा सुपरीवेक्षण गर्ने,
ध. नयाँ केन्द्रीय कार्यकारी समिति निर्वाचिन गर्ने ।
केन्द्रीय कार्यकारी समितिका पदाधिकारीहरुलाई समितिका सबै सभाहरु तथा राष्ट्रिय महाअधिवेशनमा मतदान गर्ने अधिकार हुनेछ ।

दफा ५ : पदाधिकारीहरुको काम/कर्तव्य
अध्यक्षको जिम्मेवारी
क. संघको समितिका लागि सम्पूर्ण नेतृत्व प्रदान गर्ने,
ख. संघका सबै साधारण तथा विशेष सभाहरु बोलाउने र सोको अध्यक्षता गर्ने,
ग. विशेष समिति तथा कार्य दलको गठन गर्ने तथा सोमा सदस्यहरुको नियुत्तिफ् गर्ने,
घ. संघको प्रतिवेदन तथा अभिलेख तयार गर्न संस्थाको महासचिव तथा कोषाध्यक्षसंँग सहकार्य गर्ने,
ङ. संघको आधिकारिक प्रतिनिधिका रुपमा कार्य गर्ने ।
वरिष्ठ उपाध्यक्षको जिम्मेवारी
क. संघको कार्य सम्पादनमा अध्यक्षलाई सहयोग गर्ने,
ख. अध्यक्षको अनुपस्थिति, राजिनामा वा असक्षमतामा निजको जिम्मेवारी बहन गरी काम गर्ने ।
उपाध्यक्ष (क्षेत्रीय) को जिम्मेवारी क्षेत्रीय स्तरमा रहेका मगर तथा शाखा समितिको नेतृत्व तथा समन्वय गर्ने हुनेछ ।
उपाध्यक्ष (भाषा) को जिम्मेवारी मगर भाषाको संरक्षण गर्न तीन प्रकारका मगरका उपभाषा – धुत, खाम (पांग) र कैके बोल्ने मगरहरुसँग समन्वय गर्ने हुनेछ ।
उपाध्यक्ष (महिला) को जिम्मेवारी मगर महिला तथा चेलीलाई सशत्तिफ्करण गर्न अन्य मगर महिला सँग समन्वय गर्ने हुनेछ ।
महासचिवको जिम्मेवारी
क. संस्थाको साधारण तथा विशेष सभा गर्नको लागि प्रस्तावहरु तयार गर्ने,
ख. सबै साधारण तथा विशेष सभाका निर्णयहरु निर्णय पुस्तिकामा अभिलेख राख्ने र पेश गर्ने,
ग. संघको वार्षिक साधारण सभामा पेश गर्नको निम्ति संस्थाको वार्षिक गतिविधिहरुको प्रतिवेदन तयार गर्ने,
घ. सम्पूर्ण सदस्यहरुको सम्पर्क नम्बर तथा ठेगाना सहितको पुस्तिका तयार पार्ने,
ङ. अध्यक्षको निर्देशनमा संघको दैनिक प्रशासन सञ्चालन गर्ने तथा पत्राचार तयार गर्ने,
च. विधानको प्रति राख्ने र संघका सदस्यहरुबाट माग भएको अवस्थामा सबैलाई सोको प्रति उपलब्ध गराउने ।
सचिवको जिम्मेवारी
क. महासचिवले माग गरेको अवस्थामा निजलाई सहयोग गर्ने,
ख. महासचिवको अनुपस्थिति, राजिनामा तथा असक्षमतामा निजको जिम्मेवारी बहान गरी कार्य गर्ने,
ग. शाखाहरुलाई सदस्य संख्या तथा सदस्यता अध्यावधिक गर्न निर्देशन दिने ।
कोषाध्यक्षको जिम्मेवारी
क. शाखा समिति तथा आजीवन सदस्यहरुबाट सदस्यता शुल्क संकलन गर्ने,
ख. सम्पूर्ण सदस्यहरुको अभिलेख राख्ने,
ग. कुनै स्रोतबाट संघलाई बुभफउनुपर्ने वा पाउनुपर्ने रकम प्राप्त गर्ने र सो बापत भरपाई दिने,
घ. कार्य समितिको निर्देशन अनुसार संघमा भएको सम्पूर्ण रकम संघको नामको बैंक खातामा जम्मा गर्ने,
ङ. चेक जारी गर्ने र संघले दायित्व निर्वाह गर्न रकम असुल गर्ने। यद्यपि कार्यसमितिको स्वीकृतिबिना संघको खाताबाट रकम भिफ्क्न पाइने छैन ।
च. संघको आर्थिक कारोवारको वार्षिक प्रतिवेदन तयार गर्ने; समीक्षाका लागि संघका पदाधिकारी, निर्देशक र लेखा परीक्षकको अनुरोधमा संघको वित्तीय विवरण, बैंक खाता, भौचर इत्यादि पेश गर्न तयार राख्ने,
छ. अर्थ संकलन गर्ने समितिसँग समन्वय गर्ने तथा सुभफव दिने ।
ज. कार्यकारी समितिबाट गठित कुनै कार्यत्रफ्म योजना समिति र विभाग वा उपसमितिबाट प्रस्तावित कुनै कार्यत्रफ्म तथा परियोजनाको लागत समिक्षा गर्ने ।
भफ्. विभाग, उपसमिति र शाखाहरुले पेश गरेका खर्च विवरण, रसिद, बिल तथा आर्थिक प्रतिवेदनको जाँच तथा सन्तुलन कायम राख्ने ।
सह कोषाध्यक्षको दायित्व
क. कोषाध्यक्षले माग गरेको बखतमा निजलाई सहयोग गर्ने,
ख. आर्थिक अभिलेख अद्यावधिक राख्ने,
ग. कोषाध्यक्षको अनुपस्थिति, राजिनामा तथा असक्षमतामा निजको जिम्मेवारी बहन गरी कार्य गर्ने,
कार्यसमिति सदस्यहरुको दायित्व
क. कार्य समितिले निर्णय बमोजिम कुनै रित्तफ् पद लिन तयार रहने,
ख. अन्य पदाधिकारीहरुलाई सहयोग गर्ने यदि आवश्यक भएमा,
मानार्थ सदस्यहरुको दायित्व कार्यकारी समितिको सम्पूर्ण बैठकमा भाग लिने हुन्छ ।
दफा ६ : कार्यकाल
क. कार्यकारी समितिको पदावधि २ वर्षको लागि हुनेछ ।
ख. एक सदस्य कुनै एउटा पदमा लगातार ‘दुई’ कार्यकाल भन्दा बढी बस्न पाउने छैन ।
ग. हालको पदाधिकारीले अर्को एक पटक मात्र उम्मेद्वारी दिन सक्नेछ ।
घ. यदि मगर संघ यु.एस.ए.Inc को काबु बाहिरको परिस्थितिका कारण, जस्तै प्राकृतिक विपत्ति तथा महामारी, राष्ट्रिय महाधिवेशन आयोजना गर्न नसकिएमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न नसकिएसम्म कार्यकारी समितिले निरन्तर सेवा गर्नेछ । तल धारा १० को दफा ४ मा उल्लेख गरिए बमोजिम यदि सदस्यताको दुई तिहाई बहुमतले महाअधिवेशनको माग गरी निवेदन दिएमा यथासक्य छिटो महाधिवेशन बोलाउनु पर्नेछ ।
दफा ७ : बर्खास्त गर्ने नीति
क. कुनै समितिको सदस्यलाई बर्खास्त गर्ने पक्षमा समितिभित्र दुई तिहाई बहुमत भएमा निजलाई पदबाट बर्खास्त गर्न सकिनेछ ।
ख. यदि समितिका सदस्यले यस विधानमा उल्लेखित जिम्मेवारी बमोजिम कार्य नगरेमा र निज पदमा बस्न अयोग्य रहेको भनी निज विरुद्ध केन्द्रीय कार्यकारी समितिमा तीन वटा उजुरी परेको अवस्थामा दावी र प्रतिवादको सुक्ष्म अध्ययन गरे पछि बर्खास्त गर्ने नीति अनुसार भए नभएको हेर्न समितिको बैठक बोलाइनेछ ।
ग. समितिले स्वीकृति दिएमा समितिका सदस्यहरुले समितिको बैठक बोलाई स्वैच्छिक रूपमा आपफ््नो पद त्याग गर्न सक्नेछन् ।
दफा ८ : आचार संहिता
सबै पदाधिकारीहरुले केन्द्रीय कार्यकारी समितिको बैठकमा भाग लिनु पर्नेछ । यदि कुनै पदाधिकारी पूर्व जानकारी नगराई लगातार रूपमा तीन वटा बैठकमा भाग नलिएमा केन्द्रीय कार्यकारी समितिका अन्य सदस्यहरुको तजबिजमा निजलाई निजको पदबाट बर्खास्त गर्न सकिने छ ।

दफा ९ : क्षतिपूर्ति तथा कर्जा
संघका लागि गरेको सेवा वापत केन्द्रीय कार्य समिति, विभाग वा उपसमितिका कुनै पनि सदस्यहरुलाई कुनै पनि प्रकारको क्षतिपूर्ति प्रदान गरिने छैन । र, न कुनैपनि सदस्य वा कार्य समिति सदस्य वा केन्द्रीय कार्य समितिका सदस्यलाई संस्थाले कुनै प्रकारको ऋण प्रदान गर्ने छ नत केन्द्रीय कार्य समिति तथा संचालकहरुको दुई तिहाई बहुमतको निर्णय तथा वार्षिक साधारण सभाको दुई तिहाई बहुमतको निर्णय प्राप्त नगरी संस्थाको नाममा कुनै ऋण प्राप्त गर्न सकिने छ ।
धारा – ९
शाखाहरु र तिनका समितिहरु
सबै शाखा समितिहरु मगर संघ यु.यस.ए., Inc को अधिनस्थ हुन्छन् । सबै शाखाहरुका सम्पूर्ण त्रिफ्याकलापहरु मातृ संस्थाको विधानद्वारा संचालित तथा निर्देशित हुनेछन् । मातृ संस्थाको लक्ष, उद्देश्य तथा गतिविधिहरुलाई प्रवर्द्धन, सहयोग तथा विकेन्द्रीकरण गर्नको साथै अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गरिरहेका बढीभन्दा बढी मगरहरु समक्ष पुग्न गर्न आवश्यक भएकाले शाखाहरु समितिहरु गठन गरिएको छ ।
दफा १ : शाखा समिति
संघको केन्द्रीय कार्यकारी समितिले मगरहरुको एकभन्दा अधिक समूहलाई प्रत्येक राज्यमा शाखा गठन गर्नको लागि अनुमति प्रदान गर्न सक्नेछ । मगरहरुको जनसंख्याको आकार र तोकिएको क्षेत्रमा उनीहरु बीचको सहज भेटघाट/अन्तरत्रिफ्याको आधारमा एउटा शाखा समिति गठन गर्न एक भन्दा बढी राज्य एकीकरण गर्न सकिनेछ । सो शाखा समितिहरु सम्बन्धित समिति अन्तर्गत रही संचालन हुनेछन्, प्रत्येक समिति देहाय बमोजिमका सदस्यहरुबाट बनेको हुनेछः
१. अध्यक्ष
२. उपाध्यक्ष
३. सचिव
४. सहसचिव
५. कोषाध्यक्ष
६. सहकोषाध्यक्ष
७. सदस्यहरु (७)
दफा २ : शाखा समितिको काम/कर्तव्य
प्रथम साधारण सभाले सके सम्म सहमतिमा समिति गठन गर्ने प्रयत्न गर्नेछ तर यदि सो सम्भव नभएमा निर्वाचन प्रत्रिफ्याबाट गठन गरिनेछ । शाखा समितिका जिम्मेवारी देहाय बमोजिम हुनेछन्:
क. आफ्नो शाखा तथा संघका सम्पूर्ण आवश्यक बैठकहरुमा सहभागी हुने,
ख. संघको साधारण सभाले पारित गरेका निर्देशन, भावी रणनीति तथा योजनाहरु कार्यान्वयन गर्ने ।
ग. शाखा समितिको विशेष तथा वार्षिक साधारण सभा र केन्द्रीय कार्यकारी समितिद्वारा पारित निर्णयहरु कार्यान्वयन गर्ने,
घ. साधारण, वार्षिक तथा विशेष साधारण सभा बोलाउने ।
ङ. कर्मचारी नियुत्तफ् गर्ने तथा तिनको सेवा शर्त निर्धारण गर्ने ।
च. बैठकका लागि आर्थिक तथा संस्थागत प्रतिवेदन तयार पार्ने ।
छ. संघको विधान अनुसार कार्य गर्ने ।
ज. संघको लक्ष तथा उद्देश्य पूर्तिको निम्ति कार्य गर्ने ।
झ. शाखा समितिका सम्पूर्ण कार्यत्रफ्महरु संचालन गर्ने ।
ञ. आवश्यक भएमा रित्तफ् पदमा अर्को सदस्य नियुत्तफ् गर्ने ।
ट. आवश्यकता अनुसार विभाग/उपसमितिको गठन गर्ने ।
ठ. निर्वाचन अधिकृत वा निर्वाचन समिति नियुत्तफ् गरी नयाँ कार्य समितिको निर्वाचन गर्ने ।
ड. सबै खर्चहरु कटाई अर्थ संकलन तथा अन्य कार्यत्रफ्मबाट जम्मा भएको रकमको १०% मगर संघ यु.यस.ए.को केन्द्रीय कार्यकारी समितिलाई हस्तान्तरण गर्ने ।
दफा ३ : पदाधिकारीहरुको काम/कर्तव्य
अध्यक्षको जिम्मेवारी
क. शाखा समितिको बैठक बोलाउने र सबै बैठक साधारण तथा विशेष सभाको अध्यक्षता गर्ने,
ख. विशेष समिति तथा कार्य दलको गठन गर्ने र सोको सदस्यहरु नियुत्तिफ् गर्ने,
ग. शाखा समितिको प्रतिवेदन तथा अभिलेख तयार गर्न सचिव तथा कोषाध्यक्षसँंग सहकार्य गर्ने,
घ. संघका सबै कार्यत्रफ्महरुमा शाखा समितिको आधिकारिक प्रतिनिधित्व गर्ने,
उपाध्यक्षको जिम्मेवारी
क. शाखा समितिको संचालनको निरीक्षणमा अध्यक्षलाई सहयोग गर्ने,
ख. अध्यक्षको अनुपस्थिति, राजिनामा तथा असक्षमतामा निजको जिम्मेवादरी बहन गरी कार्य गर्ने,
सचिवको जिम्मेवारी
क. शाखा समिति तथा संघको सबै साधारण तथा विशेष बैठकहरुका लागि प्रस्तावहरु तयार गर्ने,
ख. शाखा समितिका सबै साधारण तथा विशेष साधारण बैठकका निर्णयको निर्णय पुस्तिकामा अभिलेख राख्ने र पेश गर्ने ।
ग. संघको वार्षिक साधारण सभामा पेश गर्नको निम्ति संघका गतिविधिहरुको वार्षिक प्रतिवेदन तयार गर्ने,
घ. शाखा समितिका सम्पूर्ण सदस्यहरुको सम्पर्क नम्बर तथा ठेगानाको पुस्तिका तयार पार्ने,
ङ. पत्राचार गर्ने तथा पत्राचार तयार गर्ने,
च. अध्यक्षको निर्देशनमा संस्थाको दैनिक प्रशासनको कार्य गर्ने ।
सहसचिवको जिम्मेवारी
क. सचिवले भनेको अवस्थामा निजलाई सहयोग गर्ने,
ख. सचिवको अनुपस्थिति, राजिनामा वा असक्षमतामा निजको जिम्मेवारी बहन गरी काम गर्ने,
कोषाध्यक्षको जिम्मेवारी
क. शाखा समितिका सबै सदस्यहरुबाट सदस्यता शुल्क संकलन गर्ने,
ख. सबै सदस्यहरुको अभिलेख राख्ने,
ग. कुनै स्रोतबाट शाखा समितिले पाउनुपर्ने रकम प्राप्त गर्ने र सो वापतको भरपाई दिने,
घ. समितिको निर्देशन अनुसार संस्थामा जम्मा भएको सम्पूर्ण रकम शाखा समितिको नामको बैंक खातामा जम्मा गर्ने,
ङ. चेक जारी गर्ने र शाखा समितिको दायित्व पुरा गर्न रकम भुत्तफनी गर्ने । यद्यपि समितिको स्वीकृति प्राप्त बिना शाखा समितिको खाताबाट रकम भिफ्क्न पाइने छैन ।
च. शाखा समितिको आर्थिक कारोवारको वार्षिक प्रतिवेदन तयार गर्ने;
छ. पदाधिकारी, निर्देशक तथा लेखा परीक्षकको अनुरोधमा समीक्षाका लागि शाखा समितिको वित्तीय विवरण, बैंक खाता, भौचर इत्यादि पेश गर्न तयार राख्ने,
ज. अर्थ संकलन गर्ने समितिसँग समन्वय गर्ने तथा सुभफव दिने ।
झ. शाखा समितिको कार्यत्रफ्म योजना तयार गर्ने समितिद्वारा प्रस्तावित कार्यत्रफ्म तथा परियोजनाको लागतको समीक्षा गर्ने,
ञ. विभाग तथा समितिहरुले पेश गरेको खर्च विवरण, रसिद, बिल तथा आर्थिक प्रतिवेदनको जाँच तथा सन्तुलन कायम राख्ने ।
सहकोषाध्यक्षको जिम्मेवारी
क. कोषाध्यक्षले माग गरेको बखतमा निजलाई सहयोग गर्ने,
ख. आर्थिक अभिलेख अद्यावधिक राख्न
ग. कोषाध्यक्षको अनुपस्थिति, राजिनामा वा असक्षमतामा निज जिम्मेवारी बहन गरी कार्य गर्ने,
सदस्यहरुको जिम्मेवारी
क. समितिले निर्णय बमोजिम कुनै रित्तफ् पद लिन तयार रहने,
ख. आवश्यकता अनुसार अन्य पदाधिकारीहरुलाई सहयोग गर्ने ।
दफा ४ : कार्यकाल
क. समितिको कार्यकाल २ वर्षको लागि हुनेछ ।
ख. सदस्यले कुनै एउटा पदमा लगातार २ कार्यकाल भन्दा बढी बस्न पाउने छैन
ग. हालको पदाधिकारीले अर्को एक पटक मात्र उम्मेद्वारी दिन पाउनेछ ।
दफा ५ : बर्खास्त गर्ने नीति
क. कुनै समितिको सदस्यलाई बर्खास्त गर्ने पक्षमा समितिभित्र दुई तिहाई बहुमत भएमा निजलाई पदबाट बर्खास्त गर्न सकिनेछ ।
ख. यदि समितिका सदस्यले यस विधानमा उल्लेखित जिम्मेवारी बमोजिम कार्य नगरेमा र निज पदमा बस्न अयोग्य रहेको भनी निज विरुद्ध समितिमा तीन वटा उजुरी परेको अवस्थामा दावी र प्रतिवादको सुक्ष्म अध्ययन गरे पछि बर्खास्त गर्ने नीति अनुसार भए नभएको हेर्न समितिको बैठक बोलाइनेछ ।
ग. समितिले स्वीकृति दिएमा समितिका सदस्यहरुलेसमितिको बैठक बोलाई स्वैच्छिक रूपमा आपफ््नो पद त्याग गर्न सक्नेछन् ।

दफा ६ : आचार संहिता
सबै पदाधिकारीहरुले समितिको सम्पूर्ण बैठकहरुमा भाग लिनु पर्नेछ । यदि कुनै पदाधिकारी पूर्व जानकारी नगराई लगातार रूपमा तीन वटा बैठक भाग नलिएमा समितिका सदस्यहरुको तजबिजमा निजलाई निजको पदबाट बर्खास्त गर्न सकिनेछ ।
दफा ७ : क्षतिपूर्तिर् तथा कर्जा
शाखाका लागि गरेको सेवा वापत शाखा समिति/विभाग/उपसमितिका कुनै पनि सदस्यहरुलाई कुनै पनि प्रकारको क्षतिपूर्ति प्रदान गरिने छैन । र, न कुनैपनि सदस्य वा कार्य समिति सदस्यलाई समितिबाट कुनै प्रकारको ऋण प्रदान गरिने छ नत त्यस्तो सदस्यलाई शाखा समितिको दुई तिहाई बहुमतको अग्रिम स्वीकृतिबिना शाखा समितिको नाममा कुनै ऋण प्राप्त गर्न सकिने छ ।

धारा – १०
बैठकहरु
सबै बैठकको अध्यक्षता केन्द्रीय कार्यकारी समितिको अध्यक्षले वा, निजको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले र शाखा समितिको उपाध्यक्षद्वारा गरिनेछ । समितिका सचिवले सबै कार्य समितिको बैठकको सचिवको भूमिका निर्वाह गर्नेछन् तर निजको अनुपस्थितिमा अध्यक्षता गर्ने पदाधिकारीले नियुत्तफ् गरेको अर्को व्यत्तिफ्ले बैठकको सचिवको भूमिका निर्वाह गर्नेछ ।
दफा १ : राष्ट्रिय महाधिवेशन
क. संघको केन्द्रीय कार्यकारी समितिले हरेक दुई वर्षमा यसको आयोजना गर्नेछ ।
ख. यसको अध्यक्षता संघको केन्द्रीय कार्यकारी समितिका अध्यक्षद्वारा गरिनेछ ।
ग. राष्ट्रिय महाधिवेशन संघको सर्वोच्च निकाय हुनेछ ।
घ. शाखा समितिका अध्यक्षले आफ्नो शाखा समितिको प्रगति विवरण पेश गर्नेछन् ।
ङ. महाधिवेशनमा आमन्त्रित पाहुना तथा संस्था बाहिर तथा भित्रकै पर्यवेक्षकहरुले भाग लिन सक्नेछन्।
च. यसले नयाँ कार्यकारी समितिको निर्वाचन गर्ने र विधानमा हुने कुनै संशोधन पारित गर्नेछ । महाधिवेशनले विगतका कार्यत्रफ्म तथा प्रगतिको समीक्षा गर्ने तथा भावी योजना एवं निर्देशनहरु दिनेछ ।
दफा २ : वार्षिक साधारण सभा
क. वार्षिक साधारण सभा प्रत्येक आर्थिक वर्षमा गरिने छ तर राष्ट्रिय महाधिवेशन हुने वर्षमा सो बोलाइने छैन ।
ख. वार्षिक साधारण सभाको अध्यक्षता केन्द्रीय कार्यकारी समितिको अध्यक्षद्वारा गरिनेछ ।
ग. वार्षिक साधारण सभामा सबै शाखा समितिहरु तथा कार्यकारी समितिले आर्थिक तथा प्रगति विवरण पेश गर्नुपर्नेछ ।
घ. वार्षिक साधारण सभाले केन्द्रीय कार्यकारी समितिलाई आवश्यक सुभफव तथा निर्देशनहरु दिनेछ ।
ङ. बार्षिक साधारण सभा तथा राष्ट्रिय महाधिवेशनका लागि प्रत्येक शाखा समितिले न्युनतम ४ १००.०० सहयोग गर्नु पर्नेछ ।
दफा ३ : शाखा समितिको वार्षिक साधारण सभा
क. प्रत्येक शाखा समितिले प्रत्येक वर्ष वार्षिक साधारण सभा बोलाउने छ र सोको अध्यक्षता शाखा समितिको अध्यक्षद्वारा गरिनेछ । सो सभामा शाखाको आर्थिक प्रतिवेदन पेश गरिनेछ र पछिल्लो वर्षको गतिविधि तथा भावीको योजना माथि छलपफ्ल गरिनेछ ।
ख. प्रत्येक शाखा समितिले प्रत्येक २ वर्षमा महाधिवेशन बोलाउने छन् र नयाँ समितिको निर्वाचन गर्नेछ । शाखा समितिका साधारण सदस्यहरुलाई मतदान तथा मनोनयन गर्ने वा समितिका कुनै पदका लागि आपफ्ैं निर्वाचित हुने अधिकार हुनेछ ।
दफा ४ : विशेष राष्ट्रिय अधिवेशन
क. विशेष प्रस्तावसहित केन्द्रीय कार्यकारी समितिले विशेष राष्ट्रिय अधिवेशन बोलाउन सक्नेछ वा दुई तिहाई साधारण तथा आजीवन सदस्यहरुले लिखित रुपमा माग गरेमा केन्द्रीय कार्यकारी समितिले प्रस्तावसहित विशेष राष्ट्रिय अधिवेशन बोलाउनु पर्नेछ । यस्तो विशेष सभामा छलपफ्ल गर्नु पर्ने विषय विशेष सूचना वा प्रस्तावमा उल्लेख गरिनेछ र सभामा सो बाहेक अन्य प्रस्तावमाथि छलपफ्ल गरिने छैन ।
ख. असामान्य परिस्थितिका कारण, जस्तै महामारी, प्राकृतिक प्रकोप, यदि केन्द्रीय कार्यकारी समितिले नियमित समायावधिमा राष्ट्रिय महाधिवेशन बोलाउन नसकेमा विशेष राष्ट्रिय अधिवेशन नियमित राष्ट्रिय महाअधिवेशनका रुपमा संचालन गर्न सकिनेछ । विशेष महाअधिवेशनले नयाँ कार्यकारी समिति गठन गर्न वा नियमित राष्ट्रिय महाअधिवेशनले जस्तै अन्य कार्य गर्न सक्नेछ जस्तै कोष, गुठी वा विभाग सम्बन्धी नीति, नियम तथा निर्देशिका सहित संघको विधान पारित तथा संशोधन गर्ने ।
दफा ५ : मतदान
कुनै सभाका दौरान पेश गरिएको कुनै विषयवस्तु सो सभामा सहभागीहरुको सामान्य बहुमतबाट पारित गरिनु पर्नेछ ।
दफा ६ः सूचना
क. राष्ट्रिय महाधिवेशनको सूचना सभा हुने मितिभन्दा कम्तीमा ६० दिन अगाडि दिइनेछ ।
ख. शाखा समितिको वार्षिक साधारण सभाको सूचना सभा हुने मितिभन्दा कम्तीमा ६० दिन अगाडि दिइनेछ ।
ग. विशेष महाअधिवेशनको सूचना सभा हुने मितिभन्दा कम्तीमा १५ दिन अगाडि दिइनेछ ।
घ. सबै सूचनाहरु प्रत्येक सदस्यको पछिल्लो पटक प्रदान गरिएको ठेगानामा हुलाक, इमेल, टेलिपफेन वा फ्याक्स मापफर््त् दिनुपर्नेछ ।
दफा ७ : निर्णय पुस्तिका (माइनुट)
निर्णय पुस्तिका (माइनुट) केन्द्रीय कार्य समिति, आपकालीन कोष समिति र शाखा समितिसँग रहनेछ । सम्बन्धित समितिका सचिवले सबै कागजपत्र तथा पारित निर्णयहरुको अभिलेख राख्नेछ ।
दफा ८ : गणपुरक संख्या
बैठक वा सभा संचालन गर्न, कारवाही सुरु गर्नु पुर्व वा निर्णय गर्नु पुर्व समितिको तीन चौथाई सदस्यको उपस्थिति भएमा गणपुरक संख्या पुगेको मानिनेछ । गणपुरक संख्या पुगेको बैठक वा सभामा उपस्थित सदस्यको बहुमतले गरेको हरेक निर्णय समितिले गरेको हुनेछ, जबसम्म कार्यसमितिकाृ विषयवस्तु पारित गर्न संस्थाको नियमावली, यस विधान वा कानूनी प्रावधान बमोजिम अधिक प्रतिशत आवश्यक पर्ने वा पारित गर्न अन्य कुनै व्यवस्था गरेको वा पृथक मतदानको नियम आवश्यक पदैन । यदि लगातार बसेको दुई वटा बैठकको गणपुरक संख्या पुग्न सकेन भने त्यस पछिको बैठकमा उपस्थित सदस्यहरुको संख्या गणपुरक संख्या पुगेको मानिनेछ ।

धारा – ११
निर्वाचन
दफा
१ : निर्वाचन कार्यविधि
निर्वाचन प्रयोजनको लागि सबै समितिहरुले साधारण सदस्यबाट ३ जना सदस्य भएको निर्वाचन आयोग स्थापना गर्नेछ । सो समितिले आपफ् ुमध्येबाट एक जना निर्वाचन आयुत्तफ् नियुत्तफ् गर्नेछ । सो निर्वाचन आयोगले यस संस्थाको विधान अनुसार आफ्नो कर्तव्य पालना गर्नर्छे ।
क. निर्वाचन आयोगले सबै पदहरुमा उम्मेद्वारीका लागि महिलाका तपफर््बाट अधिकतम प्रतिनिधिहरुको समावेशीता कायम गर्नर्छे ।
ख. समितिले निर्वाचन सम्बन्धी नीति नियम घोषणा गर्नेछ ।
ग. निर्वाचन आयुत्तफ्हरुले मतदान गर्न तथा मनोनयन दर्ता पाउने छैनन् ।
घ. मानार्थ तथा आवद्ध सदस्यहरुले कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।
ङ. सबै पद तथा तहको लागि निर्वाचन गर्दा सके सम्म उम्मेद्वारहरुबीच आपसी सहमतिमा खोज्न प्रेरित गरिनेछ र सो सम्भव नभएमा मतदान गरिनेछ । यदि निकटम प्रतिद्वन्दी उम्मेद्वार भन्दा कम्तीमा एक मत बढी प्राप्त गर्ने उम्मेद्वारलाई विजेता घोषणा गरिनेछ । एउटै पदका लागि दुई उम्मेद्वारले बराबर मत प्राप्त गरे उत्कृष्ट दुईजना उम्मेद्वारका बीचमा दोश्रो चरणको मतदान गरिनेछ । यदि सो पश्चात समेत मत बराबर भएमा गोला प्रथाबाट उम्मेद्वार चयन गरिनेछ ।
च. निर्वाचनको कार्य समाप्त भए पश्चात निर्वाचन आयोग स्वतः विघटन हुनेछ ।
छ. निर्वाचन आयोगले केन्द्रीय कार्यकारी समितिको उम्मेद्वारीका लागि अध्यक्षबाट $५००, अध्यक्ष तथा सदस्यहरुबाहेक अन्य पदाधिकारीहरुबाट $३५० र सदस्यहरुबाट $१५० मनोनयन शुल्कका रुपमा संकलन गर्नु पर्नेछ ।
ज. निर्वाचन आयुत्तफ्ले विजयी उम्मेद्वारलाई आफ्नो हस्ताक्षर सहितको प्रमाणपत्र प्रदान गर्नेछ ।

दफा २ : प्रतिनिधिहरु
राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कार्य समितिको पदाधिकारीहरुलाई निर्वाचित गर्न आफ्नो मताधिकार प्रयोग गर्न सबै शाखा समितिहरुले राष्ट्रिय महाधिवेशन हुनु पूर्व आफ्नो तपफर््बाट दर्ता कायम रहेका साधारण सदस्यमध्येबाट प्रतिनिधि नियुत्तफ् गर्नुपर्दछ । प्रतिनिधि नियुत्तफ् गर्ने मापदण्ड निम्न अनुसार रहेका छन् :
क. हरेक १० जना साधारण सदस्यहरुको लागि शाखा समितिले एक जना प्रतिनिधिको छनोट/चुनाव/ मनोनयन गर्नुपर्नेछ । (उदाहरण : यदि कुनै शाखा समितिमा १० जना वा १९ जना सम्म सदस्य भएमा सो शाखा समितिले १ जना प्रतिनिधिको छनोट/चुनाव/मनोनयन गर्न पाउनेछ)
ख. कुनै राज्य र क्षेत्रमा शाखा समिति गठन भएको छैन भने केन्द्रीय कार्यकारी समितिले माथि उल्लेखित मापदण्ड अनुसार प्रतिनिधिको छनोट/चुनाव/मनोनयन गर्नेछ ।
ग. सबै आजीवन सदस्यहरु स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु हुन् ।
घ. सबै केन्द्रीय कार्यकारी समिति सदस्यहरु स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन् ।
दफा ३ : उम्मेद्वारहरुको योग्यता
केन्द्रीय कार्य समिति — प्रत्येक उम्मेद्वारले निम्नलिखित मापदण्ड पूरा गर्नु पर्नेछ ः
क. सबै उम्मेद्वारहरु राष्ट्रिय महाधिवेशनको प्रतिनिधि हुनु पर्नेछ ।
ख. अध्यक्षको उम्मेद्वारले केन्द्रीय कार्यकारी समितिको पदाधिकारीको रूपमा कम्तीमा एक वर्ष सेवा गरेको हुनु पर्नेछ वा अमेरिकामा अवस्थित संस्थामा पदाधिकारीको रूपमा एक कार्यकाल काम गरेको हुनु पर्नेछ वा अन्य शाखा समितिमा पदाधिकारीको रूपमा एक कार्यकाल काम गरेको हुनु पर्नेछ वा आजीवन सदस्यता प्राप्त गरेको कम्तीमा दुई वर्ष पूरा गरेको हुनु पर्नेछ ।
ग. कार्यकारी समितिका निवर्तमान पदाधिकारीहरु,
घ. शाखा समितिका निवर्तमान तथा वर्तमान पदाधिकारीहरु,
ङ. राष्ट्रिय महाधिवेशनको लागि शाखा समितिका प्रतिनिधि,
च. अध्यक्ष, महासचिव तथा कोषाध्यक्षको उम्मेद्वार हुनको लागि अमेरिकामा मान्य कानुनी बसोबास अनुमति प्राप्त गरेको हुनु पर्नेछ जसले संघका दैनिक गतिविधि कुशलता पूर्वक अगाडि बढाउन सकोस् बिना कानुन अड्चन जस्तैः बैंकिङ्ग, कर सम्बन्धी तथा अन्य कानूनी कार्यहरु गर्दा ।
छ. केन्द्रीय कार्यकारी समितिका अन्य सदस्यहरु ।
ज. आजीवन सदस्यहरु ।
भफ्. कसैले पनि कुनै समयमा कुनै तहको एक भन्दा धेरै पदमा रहन पाइने छैन ।
शाखा समिति – शाखा समितिका सबै साधारण तथा आजीवन सदस्यहरु शाखा समितिको कुनै पनि पदको लागि उम्मेद्वार हुन सक्ने छन् ।
दफा ३ : राजिनामा
पदाधिकारी तथा सदस्यहरुले सम्बन्धित केन्द्रीय कार्यकारी समिति तथा शाखा समितिका अध्यक्ष समक्ष आपफ््नो राजिनामा पेश गर्न सक्नेछन् । सबै राजिनामा केन्द्रीय कार्यकारी समितिमा पठाइनेछ । केन्द्रीय कार्यकारी समितिले राजिनामा पेश गरेको ३० दिनभित्र राजिनामा गर्ने पदाधिकारीलाई आफ्नो निर्णय सूचित गर्नेछ ।

धारा – १२
सल्लाहकार समिति/विभाग/उपसमिति

दफा १ : सल्लाहकार समिति
केन्द्रीय कार्यकारी समितिमा मगर समुदायका लब्धप्रतिष्ठित, विशिष्ट व्यत्तिफ्हरुको एउटा सल्लाहकार समितिको हुनेछ जसको मुख्य कार्य संघको अगामी काम कारवाहीमा सम्बन्धित समितिलाई सल्लाह सुभफव प्रदान गर्ने हुनेछ । सल्लाहकार समितिमा निवर्तमान अध्यक्षसहित १३ जना सदस्य हुनेछन् जसमा निवर्तमान अध्यक्ष स्वतः सल्लाहकार हुनेछन् । शाखा समितिको निर्णय बमोजिम शाखा समितिलाई सल्लाहकार समिति नियुत्तफ् गर्ने अधिकार हुनेछ ।
दफा २ : विभागको स्थापना
यस विधानसँग सम्बन्धित कुनै विभाग समितिको कार्यलाई निर्क्यौल गर्न, नियन्त्रण वा परिस्कृत गर्न केन्द्रीय कार्यकारी समिति तथा शाखा समितिलाई विभाग/उपसमिति र/वा कार्यदल गठन गर्न सक्ने अधिकार हुनेछ । मातृ संस्थाको अध्यक्षले त्यस्ता विभाग/उपसमितिको अध्यक्ष/संयोजक र सदस्यहरु नियुत्तफ् गर्न तथा हटाउन सक्नेछन् र तिनीहरुको पदावधि तोकिदिन सक्नेछन् । त्यस्ता प्रत्येक विभाग / उपसमितिले कार्य समितिको स्वीकृतिमा आफ्नो आन्तरिक नीति नियम बनाउन सक्नेछन् । सदस्यताको कुनै अधिकारमा प्रतिकुल असर पार्ने कुनै नीति वा नियम भएमा लागू गर्नु पूर्व केन्द्रीय कार्य समितिबाट यकिन गर्नु पर्नेछ ।

धारा १३
मानार्थ समिति सदस्यहरु
सबै पूर्व केन्द्रीय कार्यकारी समितिका सदस्यहरु मानार्थ कार्यकारी समितिका सदस्य मानिनेछन् जबकि सबै शाखा समिति पूर्व सदस्यहरु मानार्थ शाखा समितिका सदस्य मानिनेछन् । यी पद निजहरुको पदावधि समाप्त भए पश्चात् निर्माण गरिनेछन् ।

धारा १४
लोगो चिन्ह
बाहिरी १८ बिन्दुले अठ्ठार मगरात वा मगरहरुको १८ क्षेत्र प्रतिबिम्बित गर्दछ जसमा भित्री १२ बिन्दुले बाह्र मगरात वा मगरहरुको १२ क्षेत्र प्रतिविम्बित गरेको छ र १ भित्री आयताकार कैके (डोल्पा) क्षेत्रको प्रतिबिम्बित गरेको छ । भित्री गोलाकार भित्र रहेको बुद्ध शान्ति तथा अहिंसाको प्रतीकका रूपमा रहेको छ । नेपालको नक्शा र भफ्ण्डाले नेपाली—अमेरिकी मगरहरुको मूल थलोलाई जनाउँदछ र US को झण्डाले उनीहरुको हालको बसोबासलाई जनाउँदछ । मगर USA २००४ ले यस संस्थाको नाम र स्थापना वर्ष जनाउँदछ । लोगो चिन्ह अनुसूची—१ मा चित्रण गरिए बमोजिम हुनेछ ।

धारा – १५
छाप
छापमा संघको नाम, स्थापना भएको स्थान तथा साल कुँदिएको हुनेछ जुन यस संस्था तथा यसका अधिकारीहरुले जारी गरेको कागजपत्रमा प्रमाणीकरण गर्न प्रयोग गरिनेछ ।

धारा – १६
सोधभर्ना
संघको तपफर््बाट आधिकारिक काम गर्ने जो सुकैलाई संस्थाका अध्यक्ष, सचिव तथा कोषाध्यक्ष वा कार्य समितिले स्वीकृत गरेको अवस्थामा गरेको खर्चको सोधभर्ना दिइनेछ ।

धारा – १७
संशोधन
केन्द्रीय कार्यकारी समिति वा कम्तीमा एक तिहाई साधारण सदस्यहरुबाट लिखित रुपमा यो विधानको संशोधनको प्रस्ताव राख्न सकिनेछ । विधान संशोधनको प्रस्ताव अध्यक्षबाट बुभिफ्लिई केन्द्रीय कार्य समितिको सिपफरिस सहित राष्ट्रिय महाधिवेशन हुनु भन्दा कम्तिमा ३० दिन अघि सदस्यहरुलाई पठाइनेछ जसमा सदस्यहरुले मतदान गर्नु पर्नेछ । प्रस्तावित संशोधन लागू हुन राष्ट्रिय महाधिवेशनमा उपस्थित तथा मतदान गर्न योग्य सदस्यहरुको दुई तिहाई बहुमतबाट अनुमोदन हुनु पर्दछ । यस विधानमा भएको संशोधन अनुमोदन भएको पहिलो दिनबाट लागु हुनेछ ।

धारा १८
विघटन
दफा १ : शाखाहरु
संघको केन्द्रीय कार्यकारी समितिसँग परामर्श गरी समितिले विशेष सभा बोलाउने र सदस्यहरुको दुई तिहाई बहुमतले शाखा समिति विघटन गर्ने छलपफ्ल गर्न अनुरोध गर्न सक्ने छन् । त्यसरी विघटन गर्ने छलपफ्ल गर्दा सभामा उपस्थित दुई तिहाई बहुमतले यदि विघटन गर्ने निर्णय पारित गरेमा समितिले शाखा समिति विघटन भएको घोषणा गर्नेछ । त्यसरी विघटन भए पश्चात पछिल्लो कार्य समितिले त्यसरी विघटन भएको शाखा संस्थाको सबै अभिलेख, कागजपत्र, पत्राचार तथा दस्तावेज मगर USA को केन्द्रीय कार्यकारी समितिलाई हस्तान्तरण गर्नु पर्दछ । शाखा समितिको विघटनले पछिल्लो समितिले गरेका जालसाजीपूर्ण त्रिफ्याकलापहरुका सम्बन्धमा पदाधिकारी माथि भइरहेको तथा भविष्यमा हुन सक्ने सोधपुछ तथा अनुसन्धानबाट उन्मुत्तिफ् पाउने छैनन् ।
दफा २ः संघ
कूल साधारण सदस्य संख्याको दुई तिहाई बहुमतले संघ ‘विघटन’का विषयमा छलपफ्ल गर्न अनुरोध गरेमा केन्द्रीय कार्य समितिले विशेष सभा बोलाउनेछ । त्यसरी विघटन गर्ने सम्बन्धमा छलपफ्ल गर्दा सभामा उपस्थित दुई तिहाई बहुमतले यदि विघटन गर्ने निर्णय पारित गरेमा समितिले संघ विघटन भएको घोषणा गर्नेछ ।

धारा १९
झण्डा
मगर संघ Inc को आपफ््नै आधिकारिक भफ्ण्डा हुनेछ जसमा खुर्पेटोभित्र हँसिया छ र खुर्पेटोसँग डोरी बाँधिएको छ । भफ्ण्डा अनुसूची—२ मा चित्रण गरिए बमोजिम हुनेछ ।

अनुसूची—१

मगर यु.एस.ए.को आधिकारिक लोगो चिन्ह

अनुसूची —२

वि.सं. २०७४ चैत ११ गते (मार्च २५, २०१८) Mays Landing, NJ, USA मा सम्पन्न विशेष साधारण सभाबाट पारित ।
वि.सं. २०७८ साउन १६ गते (जुलाई ३१, २०२१) Sewell, NJ, USA मा सम्पन्न ८ औं महाधिवेशनबाट संशोधित ।