(पूर्वनाम: लाङघाली संघ अमेरिका, इन्क.)
(२०२४ जुलाई २८ मा सम्पन्न नवौं वार्षिक साधारणसभाबाट गरिएका तेस्रो संशोधनसहितको विधान)
मगरहरू नेपालका प्रमुख आदिवासी जनजातिहरूमध्ये एक हुन्। उनीहरूको विशिष्ट भाषा, जातीय पहिचान र समृद्ध सांस्कृतिक विरासत रहेको छ। मगर समुदायले आधुनिक नेपालको निर्माण, समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यो समुदाय साहस, निष्ठा र वीरताको प्रतीकका रूपमा चिनिन्छ, जसका कारण उनीहरूलाई ‘गोरखा’ नामले विश्वभरि चिनिन्छ।
मार्च २८, २००४ मा अमेरिकाको न्यूयोर्क सहरमा बसोबास गर्ने नेपाली-मगर समुदायले एक आमसभा सम्पन्न गरी “मगर संघ अमेरिका, इन्क.” (पूर्वनाम: लाङघाली संघ अमेरिका, इन्क.) नामक एक गैर-नाफामुखी, स्वैच्छिक, सामाजिक संस्था स्थापना गर्ने निर्णय गरे। यस संस्थाको स्थापना उद्देश्य मगर समुदायको हित, एकता, सांस्कृतिक संरक्षण तथा सामाजिक उत्थानमा योगदान पुर्याउनु हो। संस्थाका संस्थापक सदस्यहरूको नामावली अनुसूची ‘क’ मा समावेश गरिएको छ।
Downloaded PDF File for Magar Association USA, Inc. By-Law
In Nepali :- मगर सङ्घ विधान २०२४
In English :- By-Law-Magar Association USA, Inc. 2024