Nonprofit/Charity Reg.# 040830001182 | Tax ID/EIN# 84-1655629

Home  »  NewsNews And Events   »   मगर संघ अमेरिकाको समन्वयमा राष्ट्रिय आविष्कार केन्द्रलाई ९ लाख ३८ हजार सहयोग मगर संघ अमेरिकाको समन्वयमा राष्ट्रिय आविष्कार केन्द्रलाई ९ लाख ३८ हजार सहयोग

मगर संघ अमेरिकाको समन्वयमा राष्ट्रिय आविष्कार केन्द्रलाई ९ लाख ३८ हजार सहयोग मगर संघ अमेरिकाको समन्वयमा राष्ट्रिय आविष्कार केन्द्रलाई ९ लाख ३८ हजार सहयोग

काठमाण्डौंः मगर संघ अमेरिकाको समन्वयमा राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई आर्थिक सहयोग गरिएको छ ।
काठमाण्डौंमा आयोजित एक कार्यक्रमका विच संकलित ९ लाख ३८ हजार ५ सय बत्तिस रुपैँया केन्द्र प्रमुख महाविर पुन लाई हतान्तरण गरिएको छ ।

मगर संघ अमेरिकाको समन्वयमा संकलन गरिएको सहयोग रकम मगर संघ अमेरिकाका केन्द्रीय सदस्य सुरेन्द्र प्रताप पुलामी, एनआरएन युएसए न्यूर्योक च्याप्टरका भाइस प्रेेसिडेन्ट विष्णु मगर, मगर संघ अमेरिका प्रतिनिधि बविता आले मगर र मगर संघ नेपालका केन्द्रीय अध्यक्ष नविन रोक्का मगरले महाविर पुनलाई हस्तान्तरण गर्नु भएको हो ।

मगर संघ अमेरिकाका पूर्व अध्यक्ष श्री महेन्द्र थापामगर संयोजक रहनु भएको यस अभियानमा प्रवासी नेपाली मंच अमेरिकाले पनि एक मूस्ट रु.१ लाख १६ हजार सहयोग गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र निर्माणको अभियान सहयोग गर्नु हुने सम्पूर्ण दाताहरुलाई महाविर पुनले धन्यवाद दिदै यो राष्ट्रिय सवृद्धिको अभियान भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै मगर संघ अमेरिकाका केन्द्रीय सदस्य सुरेन्द्र प्रताप पुलामीले महाविर पुनको सवृद्धिको यो अभियानमा सहयोग गर्नु हुने सबैप्रति आभार प्रकट गर्दै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नु भयो ।

अमेरिकामा रहेका विभिन्न संघ संस्थाको सहयोगमा महाविर पुनको यो अभियानमा सहयोग गरिएको र यो सहयोग निरन्तर गरिरहने एनआरएन युएसए न्यूर्योक च्याप्टरका भाइस पे्रसिडेन्ट विष्णु मगरले बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मगर संघ नेपालका केन्द्रीय अध्यक्ष नविन रोक्का मगरले देशलाई सवृद्ध बनाउने अभियानमा सहयोग गर्न पाउँदा खुसी लागेको उहाँले बताउनु भयो ।

संसारभरीका संघमा आवद्ध भएका व्यक्तित्वहरुको र अन्य सहयोगी दाताहरुको सहयोगमा राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा सहयोग गरिएको नेपाल मगर संघको केन्द्रीय संरक्षक गौ बहादुर आले मगरले बताउनु भयो ।

वायर लेस प्रविधिद्धारा देशको ग्रामिण क्षेत्रमा सुचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपालमा बायरलेस संजाल परियोजन मार्फत इन्टरनेट विस्तार गर्न महाविर पुन सफल हुनु भएको छ ।

पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणको अभियान सुरु गरे पछि देश विदेशबाट उहाँलाई धेरै दाताहरु ले सहयोग गर्दै आएका छन् ।

पुनले सन २०१२ मा सूचना तथा प्रबिधी मार्फत देशविकासका सम्भावनाहरुको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफा रहित संस्था राष्ट्रिय आविष्कार केन्द्को स्थापना गरेका हुन् । देश बिदेशमा रहेका नेपाली जनताहरुले खुसीसाथ राष्ट्रिय आविष्कार केन्द्को स्थापनाको लागि महाविर पुनलाई सहयोग गरिरहेका छन् ।